आइतबार, जेठ ६ गते २०८१

बिहे गर्दै छन् ज्याकी भग्नानी र रकुलप्रित

बिहे गर्दै छन् ज्याकी भग्नानी र रकुलप्रित

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • बिहे गर्दै छन् ज्याकी भग्नानी र रकुलप्रित

    नयाँ दिल्ली । बलिउड अभिनेत्री रकुल प्रित सिंह छिटै बिहे गर्दैछिन् । रकुलले आफ्नो प्रेमी ज्याकी भग्नानीसँग बिहे गर्न लागेकी हुन् । दुबैतर्फ बिहेको तयारी जोडतोडसँग भइरहेको छ । खबरहरूका अनुसार आफ्नो बिहेलाई यी दुवैले निकै गोप्य राख्दै छन् । 

    images

    निजी समारोहबिच हुन लागेको बिहेमा पाहुनाले साथमा मोबाइल फोन बोक्न पाउने छैनन् । बिहेको तस्बिरहरू लिक नहोस् भनेर नो फोन पोलिसी अपनाउन थालिएको बताइएको छ ।

    २२ फेब्रुअरीमा गोवामा बिहे 
    रकुल र ज्याकीले गोवामा डेस्टिनेशन वेडिंग गर्न लागेका छन् । बिहेमा दुवै तिरका नजिकका आफन्त र साथीभाइ मात्रै आउनेछन् । प्रि–वेडिंग सेरेमनी २ दिनको हुने बताइएको छ । रकुल आफ्नो निजी जीवनबारे कुराकानी गर्न मन पराउँदिनन् । 

    कयौँ महिनासम्म डेट गरेपछि रकुलले सन् २०२२ मा ज्याकीसँगको आफ्नो सम्बन्ध सामाजिक सञ्जालमा पुष्टि गरेकी थिइन् । त्यसयता दुवैले सामाजिक सञ्जालमा एक अर्काको साथमा आफ्नो फोटो शेयर गर्दै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार