आइतबार, जेठ ६ गते २०८१

इक्वेडरमा लाइभ टिभी कार्यक्रममा जब बन्दुकधारीहरू प्रवेश गरे

इक्वेडरमा लाइभ टिभी कार्यक्रममा जब बन्दुकधारीहरू प्रवेश गरे

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • इक्वेडरमा लाइभ टिभी कार्यक्रममा जब बन्दुकधारीहरू प्रवेश गरे

    एजेन्सी \ ग्वायाकिल । दक्षिण अमेरिकाको इक्वेडरमा मंगलबार भएको एउटा अनौठो घटनामा केही नकाबधारी बन्दुकधारीहरू लाइभ कार्यक्रमको क्रममा टिभी स्टुडियोमा प्रवेश गरे र त्यहाँ उपस्थित कर्मचारीहरूलाई धम्की दिए।

    images

    बन्दुकधारीहरूले ग्वायाकिल सहरको एक च्यानल टीसी टेलिभिजनको प्रत्यक्ष प्रसारणको क्रममा कर्मचारीहरूलाई बन्दुक तेर्स्याउँदै भुइँमा सुत्न बाध्य पारे। प्रहरीले घटनामा हालसम्म १३ जनालाई पक्राउ पनि गरेको छ ।

    इक्वेडरका कुख्यात ग्यांगस्टर तथा चोनेरोस गिरोहका प्रमुख एडोल्फो मासियास भिल्लामार ‘फिटो’ जेलबाट बेपत्ता भएपछि सोमबार देशभर ६० दिनका लागि आपत्काल लागू गरिएको छ। यद्यपि, ग्वायाकिलमा भएको पछिल्लो घटनाको यस प्रकरणसँग कुनै सम्बन्ध छ वा छैन भन्ने अझै स्पष्ट भएको छैन।

    f633ab0d-379b-455a-8404-cda9c52336a6_PZSGS0iFom.jpg

    मंगलबार टिभी स्टुडियोमा भएको आक्रमणको क्रममा एक बन्दुकधारीले कर्मचारीको टाउकोमा बन्दुक तान्दै उनलाई धम्की दिएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार एउटी महिलाले ‘गोली नहान्नु, प्लिज गोली नहान्नुहोस्’ भनेको सुनिएको थियो।

    यो घटनापछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले मंगलबार देशमा ‘आन्तरिक सशस्त्र द्वन्द्व’ चलिरहेको बताएका छन् । उनले ‘संगठित अपराध र आतङ्ककारी संगठन’ लाई निस्तेज गर्न ‘सैन्य अपरेसन’ सुरु गर्न लागेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ