आइतबार, जेठ ६ गते २०८१

४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम

४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम

अखबार दैनिक
बुधबार, पुस २५ २०८०
  • ४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम

    एजेन्सी \ प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर विभिन्न अनुमान गरिँदै आएको छ । यस गोप्य राष्ट्रका शीर्ष नेताको वास्तविक जन्मदिन आजसम्म कसैलाई यकिन रुपमा थाहा छैन। 

    images

    उत्तर कोरियाली विश्लेषकहरूले यसबारे विभिन्न अनुमानहरू गर्छन्। विश्लेषकको भनाइ सही हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ । सोही दिन अधिकारीहरूले केही तस्बिरहरू जारी गरेका थिए जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा गएका थिए। 

    अघिल्ला शासकहरूको तुलनामा, उनको जन्मदिन गोप्य राखिएको छ । उनीभन्दा पहिले, उनका बुबा किम जोङ इल र उनका हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनीहरूको जन्मदिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइन्थ्यो। सोमबार पनि उनको जन्मदिनमा बिदा दिइएको थियो ।

    यद्यपि किम जोङ उनको जन्म मिति ८ जनवरी हो या होइन भन्ने यो अझै रहस्य नै छ । तर जनवरी २०२० मा  उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किमको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिएका थिए । त्यस्तै छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले यही दिन हजारौँको भीडमा किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार