आइतबार, जेठ ६ गते २०८१

शमीलाई अर्जुन पुरस्कार

शमीलाई अर्जुन पुरस्कार

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • शमीलाई अर्जुन पुरस्कार

    एजेन्सी \ नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीलाई मंगलबार राष्ट्रपति द्रौपदी मुर्मूले अर्जुन पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपतिले भारतका विभिन्न खेलाडीहरूलाई राष्ट्रिय खेल पुरस्कारबाट सम्मानित गरेकी हुन् ।

    images

    गत वर्ष आयोजित विश्वकपमा मोहम्मद शमीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०२३ को एकदिवसीय विश्वकपमा उनले सात खेलमा कूल २४ विकेट हासिल गरे । 

    शमीले १०१ एकदिवसीय खेलमा १९५ विकेट लिएका छन् । त्यस्तै, ६४ टेस्टमा २ सय २९ विकेट लिनुका साथै २३ टी–२० खेलमा २४ विकेट लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार