बिहीबार , वैशाख २० गते २०८१

फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर (फोटो फिचर)

फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर (फोटो फिचर)

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर (फोटो फिचर)

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’लाई सोमबार बेलुका राजधानीको एक हलमा प्रिमियर गरिएको छ । समारोहमा कास्ट एण्ड क्रिउसहित सेलिब्रेटीको बाक्लो उपस्थिती रह्यो ।

    images

    भुवन केसी, गौरी मल्ल, दीपाश्री निरौला, निर्मल शर्मा गैंडा, दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, नवल खड्का लगायत प्रिमियरमा सहभागि थिए ।

    chitra1.jpg

    दुई महिना लामो स्वास्थ्य लाभपछि काममा फर्किएका अभिनेता प्रकाश घिमिरे पनि प्रिमियरमा देखिए । उनलाई प्रिमियरमा धेरैले सन्चो बिसन्चोबारे सोधेका थिए ।

    फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । नयाँ कलाकारमा राम्रो प्रयास देखिएकोदेखि निर्देशक लामिछानेले कथानुसार फिल्मलाई न्याय दिएको प्रतिक्रिया प्राप्त भएको छ ।

    chitra2.jpg

    कलाकारहरु प्रमोद अग्रहरिदेखि सिम्रन खड्काको अभिनय सशक्त रहेको समेत प्रतिक्रिया प्रिमियरका दर्शकले दिएका छन् । बाबुछोरीको सम्बन्धको कथा पेश गर्ने फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का लगायतको अभिनय छ ।

    chitra3.jpg

    यो फिल्म पुस २७ गते प्रदर्शन तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार