बुधबार, कात्तिक ७ गते २०८१

नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार

नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार

अखबार दैनिक
सोमबार, पुस २३ २०८०
  • नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार

    काठमाडौं– नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार पुगेको छ।  नेपाल मेडिकल काउन्सिलले अपडेट गरेको डिसेम्बर ३१ सम्मको तथ्यांक अनुसार ३४ हजार ९१० जना चिकित्सक दर्ता भएका छन्।
    ती मध्ये एमबिबिएसका ३० हजार २७ जना  र बिडिएसका ४ हजार ८८३ जना रहेका छन्।

    images

    काउन्सिलमा दर्ता भएका चिकित्सक मध्ये सबैभन्दा धेरै पुरुष नै छन्। एमबिबिएस तथा बिडिएस तर्फ पुरुषको संख्या २१ हजार ६८१ जना छ भने महिलाको संख्या १३ हजार २२९ मात्र छ।

    यस्तै विशेषज्ञ चिकित्सकको संख्या १० हजार ५८८ जना छन्। जसमध्ये एमडि/एमएस अध्ययन गरेका ९ हजार ८२३ जना छन् भने एमडिएस गरेका ७६५ जना छन्।

    चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन पश्चात लाइसेन्स लिनेहरु मध्ये महिला भन्दा पुरुष नै बढी छन्। विशेषज्ञ दर्तामा रहेका १० हजार ५८८ जना मध्ये ७ हजार ४७६ जना पुरुष र ३ हजार १२१ जना महिला छन्। 

    नेपालमा चिकित्सा अभ्यासका लागि नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता अनिवार्य गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ