सोमबार, जेठ ७ गते २०८१

फिल्म ‘जवान’का अभिनेता सांगे काठमाडौँमा

फिल्म ‘जवान’का अभिनेता सांगे काठमाडौँमा

अखबार दैनिक
आइतबार, पुस २२ २०८०
  • फिल्म ‘जवान’का अभिनेता सांगे काठमाडौँमा

    काठमाडौँ । शाहरुख खान अभिनित फिल्म ‘जवान’ अभिनेता सांगे सेल्ट्रिम अहिले काठमाडौँमा छन् । अभिनेता प्रदीप खड्काको निमन्त्रणामा उनी शनिवार काठमाडौँ आएका हुन् । 

    images

    तीन दिने भ्रमणमा नेपाल आएका उनको भ्रमणको उद्देश्य प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘ऐरी’ अभिनयका लागि छलफल गर्न, काठमाडौँ घुम्ने र भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्टको बजार बिस्तार रहेको बताइन्छ ।

    ‘सांगेको नेपाल भ्रमणको उद्देश्य घुमघाम र छलफल मात्र हो’, अभिनेता प्रदीपले भने–‘अभिनय लगायत केही विषयमा छलफल त भएको छ । एग्रिमेन्ट भने भएको छैन ।’ केही सातापछि फिल्मको एग्रिमेन्ट पनि हुने र सार्वजनिक पनि गर्ने प्रदीपको भनाई रहेको छ । 

    शनिवार ठमेल घुमेका सांगे चन्द्रागिरि पनि पुग्नेछन् भने सोमबार भारत फर्किनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार