सोमबार, जेठ ७ गते २०८१

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गोदावरीमा, खल्ती एपबाट टिकट किन्न सकिने

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गोदावरीमा, खल्ती एपबाट टिकट किन्न सकिने

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गोदावरीमा, खल्ती एपबाट टिकट किन्न सकिने

    काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

    images

    फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

    टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । भ्वाइसको पाँचौं सिजनले यो सप्ताहन्तको लाइभ राउण्डबाट चार जना फाइनलिस्ट पाउँदैछ । कुमार प्रयास र विनोद राई फाइनल चरणमा प्रवेश गरिसकेका छन् ।

    शुक्रबार र शनिबारका एपिसोडबाट मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुईजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।

    भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार