आइतबार, जेठ ६ गते २०८१

नीतिलाई फिल्म डेब्यु गर्नै सकस

नीतिलाई फिल्म डेब्यु गर्नै सकस

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • नीतिलाई फिल्म डेब्यु गर्नै सकस

    काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस नेपाल प्लेटर्फमबाट धेरै फिल्म अभिनयमा भित्रिएका धेरै छन् । केहीले परिचय बनाए, केही एक दुई फिल्मपछि हराए । तर प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ ।

    images

    यस्तैमा २०१७ की ‘मिस इन्टरनेशनल’ नीति शाह पनि पछिल्लो समय फिल्ममा भविष्य खोज्ने कसरतमै छिन् । तर उनको कसरत सफल हुन सकिरहेको छैन । किनभने उनी जुनजुन फिल्ममा जोडिन्छन् । त्यो फिल्म केही न केही कारणले रोकिएको देख्न सकिन्छ ।

    ‘मिस इन्टरनेशनल’ भएपछि उनको सुन्दरताको चर्चा चौतर्फी भएको थियो । त्यो समय थुप्रै प्रतिष्ठित ब्यानरले उनलाई फिल्म अफर गरेका थिए । त्यसबेला उनले फिल्ममा काम गर्ने इच्छा राखिनन् । अहिले फिल्म गर्न तयार छिन् । तर डेब्यु गर्न सकस परिरहेको छ । करिब आधा दर्जन फिल्ममा अनुबन्धित भइसक्ता पनि उनको डेब्यु हुन सकेको छैन ।

    सबैभन्दा पहिला उनी सन्तोष शेनले निर्माण गर्ने भनिएको फिल्म ‘हुतुतु’ र त्यसपछि ‘एक्स ९’मा जोडिइन् । तर, यी दुवै फिल्म निर्माण अगाडि बढेन । यी दुवै फिल्म अगाडि नबढेपछि फेरि उनले रोजिन् ‘कामिनो’ । यो फिल्म पनि रोकियो । ‘कामिनो’पछि निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ रोजिन् । तर, अन्तिम समयमा अभिनेता अनमोल केसीले हात झिकेपछि यो फिल्म लफडामा फस्यो । फिल्म बन्छ, बन्दैन यसै भन्न सकिन्न । उनी भने फिल्म कुरेर बसेकी छन् । निर्देशक थापाले अनमोलको ठाउँमा अर्को अभिनेता लिएर फिल्म बनाउन लागेको चर्चा पनि छ । आफू जोडिएको हरेक फिल्म अलपत्र पर्दा फिल्ममा आफ्नो डेब्यु नै नहुने हो कि भन्ने डर उनलाई अहिले लाग्न थालेको छ ।

    फिल्म डेब्यु सकस भएपनि विभिन्न ब्रान्डका विज्ञापनमा भने उनी थुप्रैमा देखिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार