आइतबार, जेठ ६ गते २०८१

आमा बन्दै छिन् दीपिका पदुकोण ?

आमा बन्दै छिन् दीपिका पदुकोण ?

अखबार दैनिक
बिहीबार , पुस १९ २०८०
  • आमा बन्दै छिन् दीपिका पदुकोण ?

    नयाँ दिल्ली । दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ  । सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो । दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए । यी दुईको बिहे भएको पनि ५ वर्षभन्दा बढी भइसक्यो । फ्यानहरूमा यति बेला यी दुईले फ्यामिली प्लानिङ कहिले सुरु गर्छन् भन्ने चासो बढेको छ ।

    images

    खबरहरूका अनुसार यी दुई फ्यामिली प्लानिङ सुरु गर्न एक्साइटेड छन् । दुबैका परिवार नयाँ सदस्य चाँडै आओस् भन्ने चाहन्छन् । वोग सिंगापुरसँगको एउटा अन्तरवार्तामा दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरेकी छिन् । ‘म अनि रणवीर लाई बच्चा निकै म पर्छ । हामी त्यो दिनको पर्खाईमा छौं जुनदिन हामी हाम्रो फ्यामिली प्लानिङ सुरु गर्नेछौँ,’ दीपिकाले भनिन् । आफ्नो परिवारका सदस्यहरू काका–काकी, पारिवारिक साथीभाई सबैले आफू विल्कुल नबदलिएको बताउने गरेको अनि आफूसँग सेलिब्रेटीलाई जस्तो व्यवहार पनि नगरिने उनको भनाइ छ ।

    ‘सबैभन्दा पहिला म एक छोरी हुँ, बहिनी हुँ अनि म चाहन्छु कि यी कुराहरू कहिले नफेरिउन् । परिवारले नै मलाई जमिनसँग जोडेर राख्छ । म र रणवीर पनि हाम्रो बच्चालाई यही संस्कार सिकाएर हुर्काउन चाहन्छौँ’ दीपिकाको भनाई छ । 

    दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन् । उनी नाग अश्विनको कल्की २८९८ मा प्रसार र अमिताभ बच्चनसँग देखिनेछिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार