बुधबार, कात्तिक ७ गते २०८१

जाडोमा बेथेको तरकारी खानुका फाइदै फाइदा

जाडोमा बेथेको तरकारी खानुका फाइदै फाइदा

अखबार दैनिक
बुधबार, पुस १८ २०८०
  • जाडोमा बेथेको तरकारी खानुका फाइदै फाइदा

    एजेन्सी । जाडोमा स्वस्थ रहनु चुनौतीपूर्ण हुन्छ । त्यसैले जाडोमा खानपानको पनि विशेष ख्याल गर्नु पर्छ । यस्तो समयमा विशेषगरी मौसमी फल तथा तरकारीको सेवन एकदमै फाइदाजनक मानिन्छ । जाडोमा पाइने बेथेको साग खानु पनि फाइदाजनक हुन्छ ।

    images


    बेथेको सागमा भिटामिन बी का सबै प्रकार तथा भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसले आमाशयलाई तागत दिने गर्छ र कब्जियतबाट छुट्कारा दिन्छ ।

    बेथेको साग खाँदा शरीरमा शक्ति आउँछ, जसले गर्दा स्फूर्ति रहिरहन्छ । यदि पत्थरी भएको छ भने पनि बेथेको सागको रस निकालेर गुड मिसाएर खाँदा एकदमै फाइदा गर्छ ।

    उमालेको बेथेको सागको पानीले टाउको नुहाउँदा स्काल्पमा भएको संक्रमणबाट छुट्कारा पाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ