आइतबार, जेठ ६ गते २०८१

भूकम्पसँगै जिउन कसरी सिक्यो जापानले ? यस्तो छ सफलताको कथा

भूकम्पसँगै जिउन कसरी सिक्यो जापानले ? यस्तो छ सफलताको कथा

अखबार दैनिक
बुधबार, पुस १८ २०८०
  • भूकम्पसँगै जिउन कसरी सिक्यो जापानले ? यस्तो छ सफलताको कथा

    करिब १३ वर्षअघि जापानमा भयानक भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीसँगै फुकुशिमा परमाणु संयन्त्र दुर्घटना भएको थियो ।

    images

    यो घटना जापानीहरुको मानसपटलमा अझै पनि ताजा छ र सोमबारको भूकम्पले उक्त घटनाको पुनः सम्झना गराएको छ । सोमबार शक्तिशाली भूकम्पको झट्काले जापानको इशिकावा हल्लियो र जापानमा सुनामीको अलार्म बज्न थाल्यो ।

    यद्यपि यी अलार्म चेतावनीहरु जापानमा नितान्त असामान्य होइनन् । जापानमा छिटोछिटो आउने भूकम्पका झट्काहरु त्यहाँको जनजीवनको हिस्साजस्तै हुन् । अर्थात् भूकम्पसँग त्यहाँका बासिन्दा अभ्यस्त भएका छन् ।

    विश्वमा सबैभन्दा धेरै भूकम्प जानेमध्येको एक देश जापानमा बस्नेहरुको मनमा एउटा कुरा सधै खेलिरहेको हुन्छ-अब अर्को ठूलो भूकम्प कहिले आउँला ? के म बसेको घर त्यस्तो भूकम्पका लागि सुरक्षित छ ?

    सन् २०११ मा जब २ मिनेटसम्म धर्ती हल्लियो
    वर्तमान जापानी पुस्ताले सन् २०११ को मार्च ११ मा गएको भूकम्पलाई नै आफ्नो जीवनको सर्वाधिक भयानक भूकम्प मान्दछ । त्यसबेला दुई मिनेटका लागि जमीन यसरी हल्लिएको थियो कि आफ्ना पूरै जीवनमा कसैले पनि यस्तो खालको अनुभव गरेको थिएन । भूकम्पको कम्पन चलिरह्यो, चलिरह्यो ।

    यो घटनाबाट गुज्रिएको जो कोहीले पनि त्यो समय आफू कहाँ थिएँ र कस्तो डर महसुस गरेको थिएँ भन्ने कुरा विस्तारमा बताउन सक्दछ । तर त्यसभन्दा पनि खराब हालत त त्यसपछि आउनेवाला थियो ।

    ४० मिनेटभित्रै पहिलो सुनामी तटतर्फ आयो । जापानको उत्तरपूर्वी तटमा सयौं किलोमिटरभित्र समुद्रको आसपासका पर्खालहरु तोड्दै सहर र गाउँहरुमा सामुद्रिक छालहरु घुसे । सेन्डाइ सहर माथिको आकाशमा उडिरहेको हेलिकप्टरले उक्त घटनाको प्रत्यक्ष रुपमा टेलिभिजनमा देखाएको थियो ।

    त्यहीबेला त्यसभन्दा पनि अर्को डरलाग्दो खबर आयो कि परमाणु ऊर्जा भट्टी समेत खतरामा छ ।

    अन्ततः फुकुशिमास्थित आणविक ऊर्जा संयन्त्रमा सुनामीले क्षति पुर्‍यायो । लाखौं मानिसलाई आफ्नो घर छाड्न आदेश दिइयो । यहाँसम्म कि टोक्योसमेत असुरक्षित ठानिएको थियो ।

    त्यसदिनको घटनाले मानिसहरुलाई गहिरो आघात पार्‍यो ।

    केही महिनापछि मैले टोक्योमा बस्नका लागि ठाउँ खोज्न सुरु गरें । मेरी पत्नीले भूवैज्ञानिक नक्शाहरुको अध्ययन गरिन् ताकि कुनकुन ठाउँको तल चट्टान छ र कुन ठाउँ नदिउकासको जग्गा हो भन्ने कुरा थाहा पाइयोस् । उनले भवनहरुको उमेरका बारेमा पनि निकै गहन ढंगले जाँच गरिरहेकी थिइन् । सन् १९८१ भन्दा अअगाडि बनेका घर हेर्दै नहेर्ने भन्ने कुरामा उनी दृढ थिइन् ।

    जापानको सफलताको कथा
    कतिपय फुटकर घटनाका बाबजुत वास्तवमा जापानले भूकम्प प्रतिरोधी क्षमतामा महारथ हासिल गरेको छ । तथापि दुनियाँमा यस्तो खालका ठूला भूकम्पका झट्का सहँदा कुनै पनि क्षति नबेहोर्ने देश कुनै अरु होला भनेर कल्पना गर्न पनि गाह्रो पर्छ , जब हामी आफ्नो सन् १९८५ मा निर्मित भवनमा बस्न आयौं तब खाना तथा पानी जम्मा गर्न सुरु गर्यौं । बाथरुमको सिंकमुनि पहिलेदेखि नै प्याक गरिएका डब्बाहरु राख्यौं, जसभित्र राखिएका सामानलाई ५ वर्षसम्म उपयोग गर्न सकिन्थ्यो ।

    सन् २०११ को डर यो सोमबार पुनः फर्किएर आयो । तर पछिल्लो भूकम्पले जापानको सफलताको एक उल्लेखनीय कथालाई पनि प्रस्तुत गर्दछ ।

    जापानले देशमा जाने भूकम्पलाई यसको तीव्रताको आधारमा मापन गर्दैन । त्यहाँ भूकम्पबाट जमिन कति पटक कम्पन भयो भन्ने हेरिन्छ । त्यसक्रममा भूकम्पको तीव्रता १ देखि ७ सम्म पुग्छ र सोमबार इशिकावामा गएको भूकम्प अधिकतम ७ पटक आएको थियो।

    भूकम्पका कारण ठूलो परिमाणमा सडक तथा पुलहरु ध्वस्त भएका छन् । त्यसभन्दा ठूलो परिमाणमा भूस्खलन भएका छन् । तथापि अधिकांश भवनहरु भत्किएनन् ।

    टोयामा तथा कानाजावा जस्ता ठूलो सहरमा जनजीवन पुनः सामान्य अवस्थामा फर्किएको छ । काशिवाजाकी नजिक बस्ने एक मित्रका अनुसार भूकम्प वास्तवमा निकै डरलाग्दो थियो ।

    उनले भनेका छन्, ‘अहिलेसम्म मैले यसभन्दा ठूलो भूइँचालो महसुस गरेको थिइनँ । हामी सामुद्रिक तट छाडेर टाढा जानुपर्यो । तर अहिले हामी घर फर्किएका छौं र सबै कुरा ठीकठाक छ ।’

    इन्जिनियरिंगको सफलता
    यो इन्जिनियरिंगको सफलताको एक असाधारण कहानी हो जुन एक शताब्दीअघि सन् १९२३ मा सुरु भएको थियो जतिबेला टोक्योमा भयानक भूकम्प आएको थियो ।

    गे्रेट कान्तो भूकम्पको नामले प्रसिद्ध उक्त भूकम्पका कारण सहरको एउटा ठूलो हिस्सा ध्वस्त भएको थियो । युरोपेली शैलीमा निर्मित आधुनिक इँटाका भवनहरु ढलेका थिए ।

    उक्त दुर्घटनापछि जापानले पहिलो भूकम्प प्रतिरोधी भवन संहिता तर्जूमा गरी लागू गर्‍यो । त्यसपछि बन्ने सबै नयाँ भवनका लागि स्टिल तथा कंक्रिटको प्रयोग अनिवार्य भयो । त्यस्तै काठका भवनका लागि मोटा बिमहरु हृुनुपर्ने नियम लागू भयो ।

    हरेक पटक जब जापानले ठूलो भूकम्पको सामना गर्दछ तब क्षतिको आँकलन गरिन्छ र त्यसलाई नियममा परिणत गरिन्छ । सबैभन्दा ठूलो परिवर्तन सन् १९८१ मा भयो जब नयाँ भवनका लागि भूकम्प प्रतिरोधी नयाँ नियमहरु लागू गरियो । त्यस्तै सन् १९९५ मा कोबे भूकम्पपछि अझै थप नियमहरु त्यसमा जोडियो ।

    सन् २०११ मा ९ रेक्टर स्केलको भयानक भूकम्पपछि उल्लेखित उपायहरुको सफलता देखियो । सन् २०११ को भूकम्प जापानको राजधानीले सन् १९२३ मा महसुस गरेको जत्तिकै भयानक भूकम्प थियो ।

    सन् १९२३ मा टोक्यो सहर समतल बनेको थियो र १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यस्तै सन् २०११ मा भूकम्पपछिको सुनामीमा गगनचुम्बी भवनहरु बगेका थिए । तर त्यसबाहेक भूकम्पको कम्पनका कारणले कुनैपनि ठूला भवन ढलेका थिएनन् ।

    त्यसबेला भूकम्पका कारण नभई सुनामीका कारण हजारौं मानिसको मृत्यु भएको थियो । जबकि जमीन हल्लिएर कुनै संरचना भत्किएका कारण कसैको पनि ज्यान गएको थिएन।

    इशिकावाबाट भने यस्ता तस्वीर आएका छन् जसमा काठका भवनहरु भूकम्पका कारण ढलेका छन् र एउटा आधुनिक भवन समेत ढलेको छ । तर सञ्चारमाध्यमहरुका अनुसार भूकम्पका कारण ढलेको सो आधुनिक भवन सन् १९७१ मा निर्माण भएको हो । उक्त दुर्घटनामा केही मानिसको मृत्यु हुनुका साथै केही घाइते समेत भएका छन् ।

    कतिपय फुटकर घटनाका बाबजुत वास्तवमा जापानले भूकम्प प्रतिरोधी क्षमतामा महारथ हासिल गरेको छ । तथापि दुनियाँमा यस्तो खालका ठूला भूकम्पका झट्का सहँदा कुनै पनि क्षति नबेहोर्ने देश कुनै अरु होला भनेर कल्पना गर्न पनि गाह्रो पर्छ ।

    बीबीसीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार