बुधबार, कात्तिक २१ गते २०८२

कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी

कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी

अखबार दैनिक
बुधबार, पुस १८ २०८०
  • कार्यपालिकाको निर्णयमा छोरीको नाम घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित ३ कर्मचारी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो।

    मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन्।

    नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालय स्रोतले जानकारी दियो।

    ‘नगरसभाको निर्णय नै परिवर्तन गरिदिनुभयो। यो त अक्षम्य निर्णय हो,’ स्रोतले भन्यो, ‘मेयर साब‘ले छानबिन पछि उहाँहरूलाई निलम्बनको निर्णय लिनुभएको हो।’

    निलम्बनमा परेसँगै हिजो (सोमबार) महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले चलाएका थिए।

    यसअघि बसेको महानगरको २३ औँ नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो।

    उक्त निर्णय प्रमाणीकरण हुँदा एक जनाको संख्या थप भएको पाइएपछि मेयर शाह आफैँले यसबारे चासो राखेका थिए। स्रोतका अनुसार शाखा अधिकृत बिडारीको छोरीको नाम थप गरिएको पाइयो।

    त्यसपछि छानबिन गर्दा नगरसभाकै निर्णय परिवर्तन गरेर बिडारीकी छोरीको नाम पनि त्यहाँ थपेर निर्णय प्रमाणीकरण भएको थियो।

    ‘पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय भएकोमा ६ जनाको नाम आयो। त्यसबारे मेयर साबले खोज्दा भगवती बिडारीको छोरीले को इन्टर्नमा काम गर्न आउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘उहाँलाई नै फेरि स्वास्थ्यको काममा पठाउनका लागि उहाँहरूले नगरसभाको निर्णय परिवर्तन गरिदिनुभयो।’

    जनप्रतिनिधिसहित बसेर भएको उक्त निर्णय परिवर्तन गरिएपछि मेयर शाह आफैँले त्यसमा संलग्न आफ्ना सचिवालय प्रमुखसहितलाई निलम्बन गरेका हुन्।

    यो विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएका छन्। उनी अहिले बिदामा बसेका छन्। नगरसभाको निर्णयहरू अन्तिम प्रमाणीकरण गर्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने चलन छ।

    ‘उहाँ (वसन्त अधिकार) ले पहिला ६ जना भनेर आउँदा पनि हस्ताक्षर गर्नुभयो, पाँच जनाको लिस्टमा पनि उहाँले नै हस्ताक्षर गर्नुभयो। त्यसको छानबिन मेयर सावले गर्दा उहाँ पनि मुछिनु भएको छ,’ स्रोतले भन्यो।

    स्रोतका अनुसार बिदा सकिएसँगै अधिकारी पनि निलम्बनमा पर्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार