बुधबार, कात्तिक २१ गते २०८२

रवि लामिछानेले कान्तिपुरविरुद्ध दिए गाली बेइज्जती मुद्दा

रवि लामिछानेले कान्तिपुरविरुद्ध दिए गाली बेइज्जती मुद्दा

अखबार दैनिक
मंगलबार, पुस १७ २०८०
  • रवि लामिछानेले कान्तिपुरविरुद्ध दिए गाली बेइज्जती मुद्दा

    १७ पुस, काठमाडौं । आफ्नो मानप्रतिष्ठामा आघात पुर्‍याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन्स विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

    उनले वारेसमार्फत मंगलबार जिल्ला अदालत काठमाडौंमा फिरादपत्र दर्ता गराएका हुन्  , सहकारीको ऋण, टेलिभिजन कम्पनीमा भएको लगानी र आफ्नो संलग्नताबारे झुटो विवरण प्रकाशित गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।

    लामिछानेले कान्तिपुर पब्लिकेसन्स, इकान्तिपुर डट कम, कान्तिपुर दैनिकका साथै पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहानलाई विपक्षी बनाएका छन् ।

    मुद्दामा उनले १५१ रुपैयाँ क्षतिपूर्ति, मुद्दामामिलामा लागेको खर्च समेत भराउन माग गरेका छन् । उनले मुलुकी अपराध संहिताको दफा ३०५ र ३०७ को उल्लंघन भएकाले विपक्षीहरुलाई कैद र जरिवानाको माग गरेका छन् ।

    उक्त ऐनमा आरोप पुष्टि भएमा अधिकतम २ वर्षसम्म कैद र २० हजार जरिवाना हुने व्यवस्था छ । विद्युतीय माध्यम प्रयोग गरी गाइबेइज्जती गरेको भए थप १ वर्ष कैद र १० हजार जरिवाना हुन्छ ।

    फिरादपत्रमा लामिछानेले आफूलाई लाञ्छित गर्न दशकौं लामो सामाजिक, व्यवसायिक प्रतिष्ठा सखाप पार्ने उद्देश्यले समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार