बुधबार, कात्तिक २१ गते २०८२

रनिङ शिल्ड उद्घाटन गर्दै राष्ट्रपतिले भने- शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्

रनिङ शिल्ड उद्घाटन गर्दै राष्ट्रपतिले भने- शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्

अखबार दैनिक
मंगलबार, पुस १७ २०८०
  • रनिङ शिल्ड उद्घाटन गर्दै राष्ट्रपतिले भने- शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका हुन् ।

    शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउँदै उलने कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने तर्क गरे ।

    ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्’, उनले भने, ‘कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउँछ ।’

    राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ र सामाजिक जीवनलाई समृद्ध बनाउने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार