आइतबार, जेठ ६ गते २०८१

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अखबार दैनिक
सोमबार, पुस १६ २०८०
  • जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    एजेन्सी \ काठमाडौँ । अङ्ग्रेजी क्यालेन्डर अनुसार आज विश्वका विभिन्न मुलुक नयाँ वर्षको उत्सवमा छन् । तर, जापान भने नयाँ वर्षको पहिलो दिन नै दुःखद् घटनाको सामना गर्दैछ ।

    images

    जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यस यता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसकेको बताइएको छ ।

    भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले सुनामीको चेतावनी जारी गरेका छन् ।

    समाचार एजेन्सीहरुका अनुसार इशिकावा प्रान्त सुनामीको खतरामा पर्ने आकलन गरिएको छ । यहाँ तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार