सोमबार, जेठ ७ गते २०८१

यी हुन् ‘भ्वाइस अफ नेपाल’का अन्तिम ६ प्रतिस्पर्धी

यी हुन् ‘भ्वाइस अफ नेपाल’का अन्तिम ६ प्रतिस्पर्धी

अखबार दैनिक
सोमबार, पुस १६ २०८०
  • यी हुन् ‘भ्वाइस अफ नेपाल’का अन्तिम ६ प्रतिस्पर्धी

    काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन पाँचमा उत्कृष्ट ६ जनाको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तमा लाइभ राउण्डका दुई एपिसोडबाट यी ६ प्रतिस्पर्धी छनोट भए ।

    images

    मकरबहादुर योञ्जन, मोनिका राई, तेन्जिङ डोल्मा गुरुङ, नोगेन लिम्बु, कुमार प्रयास र विनोद राई अन्तिम ६ मा प्रवेश गरेका छन् । यीमध्ये कुमार र विनोद फाइनलमा प्रवेश गरिसकेका छन् ।

    दर्शकले मनपर्ने प्रतिभालाई खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । आगामी सप्ताहन्तमा मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुईजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।

    लाउभ राउण्ड रोचक बन्दै जाँदा प्रतिस्पर्धीको दबाब पनि बढिरहेको छ । यस्तोमा सेमिफाइनलको आउँदो साता रोचक हुने अनुमान छ । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार