बुधबार, कात्तिक २१ गते २०८२

छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं : गृहमन्त्री

छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं : गृहमन्त्री

अखबार दैनिक
सोमबार, पुस १६ २०८०
  • छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं : गृहमन्त्री

    १६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

    राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए ।

    घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए ।

    सोमबार सरकारले उच्चस्तरीय आयोग बनाएको भन्दै उनले भने, ‘सबै पक्षमा छानबिन गर्नेछ, दोषीलाई कारबाहीको दायरामा ल्याउने छौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार