बुधबार, कात्तिक ७ गते २०८१

कोरोना महामारीमा फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

कोरोना महामारीमा फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

अखबार दैनिक
आइतबार, पुस १५ २०८०
  • कोरोना महामारीमा फर्किएका ६४ नेपालीलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

    १५ पुस, काठमाडौं । कोभिड-१९ महामारीको बेला नेपाल फर्किएका ६४ जना नेपाली श्रमिकलाई मलेसियाका दुई कम्पनीले तबल लिन बोलाएको छ ।

    images

    मलेसियको भेन्चर अन्तर्गतका इनटिटिस् टेक्नोकम सिस्टम एसडीएन बीएचडी (entities Technocom system sdn Bhd) ले कोभिड संक्रमणका बेला नेपाल फर्केर पुनः काममा जान नपाएका नेपाली श्रमिकहरुलाई तलब लिन बोलाएको हो ।

    वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै उक्त कम्पनीबाट तबल लिन बाँकी रहेका श्रमिकहरुलाई राहदानी नम्बर, सम्पर्क नम्बर, हालको ठेगाना र बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

    २०१४ देखि कार्यरत नेपाली श्रमिकहरु कोभिडका बेला नेपाल फर्किएका थिए । त्यसपछि कम्पनीमा फर्किन नसकेपछि उनीहरुले तबल पाएका थिएनन् । कम्पनीले मलेसियास्थित नेपाली राजदूतावास श्रमिकलाई सम्पर्क ल्याइदिनका लागि आग्रह गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ