मंगलबार, मंसिर ११ गते २०८१

यसरी बन्छ पूजा गर्ने कपूर

यसरी बन्छ पूजा गर्ने कपूर

अखबार दैनिक
आइतबार, पुस १५ २०८०
  • यसरी बन्छ पूजा गर्ने कपूर

    एजेन्सी । हिन्दु धर्ममा पूजापाठका क्रममा कपूरको अत्यधिक प्रयोग गर्ने गरिन्छ । यस्तो पनि मान्यता छ कि कपूरले घरको हावालाई सफा गर्ने काम गर्छ । तर, के तपाईंले कहिल्यै सोंच्नुभएको छ कपूर कसरी बन्छ ?

    images

    कपूरलाई कम्पोर ट्रीबाट बनाइन्छ । यसलाई आमरुपमा कपूरको रुख पनि भनिन्छ । कपूर बनाउनका लागि यसको बोटबाट काठको बोक्रालाई निकालिन्छ । त्यसपछि काठलाई सानो सानो टुक्रा बनाएर तातो बनाइन्छ । यसलाई पकाउँदा निस्किएको बाफ जमेर जब क्रिस्टलको रुप लिन्छ त्यसबाट नै शुद्ध कपूर तयार हुन्छ ।

    कपूर बन्ने यस प्रक्रियामा शुद्धिकरण, उर्ध्वपातन र क्रिस्टलीकररण सामेल छन् । अहिले कपूरको बढ्दो मागसँगै यसलाई विभिन्न मेसिनबाट फ्याक्ट्रीमा पनि तयार गरिन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार