आइतबार, जेठ ६ गते २०८१

दयाहाङ राई अभिनित ‘डिग्री माइला’को पोस्टर सार्वजनिक

दयाहाङ राई अभिनित ‘डिग्री माइला’को पोस्टर सार्वजनिक

अखबार दैनिक
बिहीबार , पुस १२ २०८०
  • दयाहाङ राई अभिनित ‘डिग्री माइला’को पोस्टर सार्वजनिक

    काठमाडौं । बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ चित्रण छ ।

    images

    पोस्टरमा चस्मा लगाएको दयाहाङको पात्र गम्भीर देखिन्छ । नेपालको शिक्षा प्रणाली र त्यसको उत्पादनशिलताको कथावस्तुमा बनेको फिल्ममा दयाहाङले शीर्ष पात्रको भूमिकामा अभिनय गरेका छन् ।

    पोस्टरमा ‘किन चाउरियो मरिच आफ्नै रागले’ बटमलाइन उल्लेख छ । रामबाबु गुरुङ निर्देशित फिल्मले शैक्षिक बेरोजगारको कथा पेश गर्छ । यही नाममा यसअघि दयाहाङ राईको नाटक समेत प्रदर्शन भैसकेको छ ।

    फिल्म निर्माणमा बाँसुरी फिल्मस र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय यसमा छ । ‘कबड्डी’ फेम्ड निर्देशक तथा निर्माता गुरुङको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार