सोमबार, जेठ ७ गते २०८१

१३ वर्षपछि फिल्म सेटमा बिपना

१३ वर्षपछि फिल्म सेटमा बिपना

अखबार दैनिक
बुधबार, पुस ११ २०८०
  • १३ वर्षपछि फिल्म सेटमा बिपना

    काठमाडौँ । अभिनेत्री बिपना थापा नेपाली फिल्म अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत १३ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उक्त फिल्मको हाल चितवनमा छायाङ्कन भइरहेको छ । 

    images

    १३ वर्षपछि फिल्म अभिनयमा फर्किदा आफू भावुक बनेको उनले बताइन् । मेकअप गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँसु झल्किएको देखिन्छ । 

    चन्द्र पन्तको निर्देशन रहेको फिल्म अभिनेत्री नीता ढुंगानाले निर्माण गरेकी हुन् । लामो समयपछि फिल्म अभिनयमा जोडिदा डेब्यु फिल्म झै अनुभूति भएको उनले मिडिया प्रतिक्रिया दिएकी छन् ।

    फिल्ममा बिपनाको अलवा नीता ढुंगाना, हरिहर अधिकारी,सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार