आइतबार, जेठ ६ गते २०८१

हिमालको ‘गाउँ नै रमाइलो’ मा दयाहाङ र आर्यन

हिमालको ‘गाउँ नै रमाइलो’ मा दयाहाङ र आर्यन

अखबार दैनिक
बुधबार, पुस ११ २०८०
  • हिमालको ‘गाउँ नै रमाइलो’ मा दयाहाङ र आर्यन

    काठमाडौंँ । दिनेश राउतको निर्देशन रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताको रुपमा दयाहाङ राई र आर्यन सिग्देल फाइनल भएका छन् । निर्माता हिमाल कडरियाले फिल्मका लागि दयाहाङ र आर्यन फाइनल भएको जानकारी दिए ।

    images

    हिमालले यो वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’ निर्माण गरेका थिए । ‘नाङ्गो गाउँ’ हिट भएपछि उनले यो फिल्म घोषणा गरेका हुन् । विकास सुवेदीको लेखन रहेन फिल्म निर्देशक दिनेशले ‘पुजार सार्की’ पछि छायाङ्कन गर्नेछन् । दयाहाङ र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’ मा काम गरेका थिए । यी दुईबीच दोस्रो पटक गृहकार्य हुन लागेको हो ।

    फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ ।

    फिल्मका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुनछ

    निर्माता कँडरिया यसको अलवा फिल्म ‘दुःखी आत्मा’ समेत निर्माण गर्दैछन् । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा अभिनेताको रुपमा दयाहाङ राई फाइनल  भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार