बुधबार, कात्तिक ७ गते २०८१

यी हुन् जाडो याममा खानै पर्ने फलफूल

यी हुन् जाडो याममा खानै पर्ने फलफूल

अखबार दैनिक
शुक्रबार, पुस ६ २०८०
  • यी हुन् जाडो याममा खानै पर्ने फलफूल

    एजेन्सी \ काठमाडौँ । फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ । तर सामान्यतः मानिसहरूमाझ चिसोमा धेरै फलफूल खानु हानिकारक हुन सक्ने धारणा पाइन्छ । चिसोमा फलफूल खाँदा चिसो महसुस हुने भएकोले पनि यस्तो सोच आएको हुन सक्छ ।

    images

    तर के तपाईँलाई थाहा छ जाडो याममा खाँदा शरीरलाई फाइदा हुने कयौँ फलफूल पनि छन् । यिनीहरूको सेवनले चिसो, रुघाखोकी र ज्वरो जस्ता रोगहरूबाट बच्न सकिन्छ । चिसो होस् वा गर्मी हरेक मौसममा फलफूलको सेवन जरुरी छ । 

    आजको यो लेखमा हामी तपाईँलाई चिसोमा कयौँ रोगबाट तपाईँलाई टाढा राख्ने यस्ता केही फलफूलबारे कुराकानी गर्न गइरहेछौँ ।

    स्याउ:
    स्याउमा फाइबर र एन्टीअक्सिडेन्ट समेत कयौँ मुख्य पोषक तत्त्व पाइन्छ । यसले रगतमा चिनीको स्तर कम गर्छ भने मुटुको स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । स्याउमा फाइबर, भिटामिन सी र विविध एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुने भएकोले खाएपछि अघाएको महसुस हुन्छ ।

    स्याउ खाँदा स्वास्थ्यमा कयौँ लाभ हुने अध्ययनहरूले पनि देखाएका छन् । यसमा क्यालोरी  ९४ दशमलव ५, पानी १५६ ग्राम, प्रोटिन शून्य दशमलव ४३ ग्राम, काब्र्स २५ दशमलव १ ग्राम, चिनी १८ दशमलव ९ ग्राम, फाइबर ४ दशमलव ३७ ग्राम पाइन्छ ।

    नाशपातीः
    अमेरिकी कृषि विभाग (यूएसडीए)का अनुसार एउटा नाशपाती खाँदा ५ दशमलव ५८ ग्राम फाइबर पाइन्छ । फाइबर प्रतिरक्षा प्रणालीका लागि जरुरी छ । यसले शरीरमा गूड ब्याक्टेरियालाई बढवा दिन्छ ।

    किवीः
    यूएसडीएका अनुसार एउटा किवीमा ५६ मिलिग्राम भिटामिन सी हुन्छ । यो भिटामिनको उत्कृष्ट स्रोत हो । तपाईँले बिहान खाजामा किवी खानु भनेको शरीरमा भिटामिन सी बढाउने र दिनको सुरुआतदेखि नै इम्युनिटी बूष्ट गर्ने राम्रो तरिका हो । किवी भिटामिन केको पनि उत्कृष्ट स्रोत हो ।

    अनारः
    यूएसडीएका अनुसार एक कप अनारमा ७ ग्राम फाइबर पाइन्छ । यसमा १७ दशमलव ८ मिलिग्राम भिटामिन सी हुन्छ । यसमा भिटामिन के पनि भरपुर मात्रामा पाइन्छ । यो हाडको स्वास्थ्यका लागि जरुरी छ । यसमा पाइने भिटामिन शरीर, मुटु, पेट र स्किनलाई स्वस्थ राख्छ । अनारमा शक्तिशाली एन्टिअक्सिडेन्टले भरिभराउ भएको एउटा अनुसन्धानले देखाएको छ । यसले गूड ब्याक्टेरियालाई बढवा दिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ