आइतबार, जेठ ६ गते २०८१

लण्डन उडे मदनकृष्ण र हरिवंश

लण्डन उडे मदनकृष्ण र हरिवंश

अखबार दैनिक
बिहीबार , पुस ५ २०८०
  • लण्डन उडे मदनकृष्ण र हरिवंश

    काठमाडौं । ‘महजोडी युके टुर’का लागि अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत प्रस्थान गरेका छन् । बिहीबार बिहान कतार एयरलाइन्सको विमानबाट उनीहरु त्यसतर्फ लागेका हुन् ।

    images

    द गोर्खा सेन्टरले शनिबार हयारो र २४ डिसेम्बरमा अल्डरसटमा ‘महजोडी यूके टुर’ कार्यक्रम आयोजना गर्दैछ । ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई, कलाकार शर्मिला बर्देवा, यमन श्रेष्ठ र प्रकाश सपुतले पनि कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

    लण्डनमा मह टुर सकेर हरिवंश आउने बिहीबार अमेरिका उड्नेछन् । जहाँ उनको आगामी फिल्म ‘वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’को छायांकन हुँदैछ । विनोद पौडेलको निर्देशन रहने यो फिल्ममा हरिवंशको शीर्ष भूमिका छ ।

    फिल्म छायांकन सकेर हरिवंश फेब्रुअरी मध्यमा स्वदेश फर्किनेछन् । छायांकन भइरहेको फिल्म ‘महाजात्रा’मा आफ्नो भागको दृश्य सुटिङ सकेर हरिवंश विदेश उडेका हुन् । महाजात्राको छायांकन चाहिं बिहीबार समापन हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार