बुधबार, कात्तिक ७ गते २०८१

रातिको खाना ढिला खानु हुन्छ ?  स्वास्थ्यका लागि खतरनाक

रातिको खाना ढिला खानु हुन्छ ?  स्वास्थ्यका लागि खतरनाक

अखबार दैनिक
बुधबार, पुस ४ २०८०
  • रातिको खाना ढिला खानु हुन्छ ?  स्वास्थ्यका लागि खतरनाक

    एजेन्सी \ काठमाडौँ । आजभोलि धेरैजसो मान्छेहरू राति अबेरसम्म बस्छन् । अनि रातिको खाना पनि ढिलै खान्छन् । लेट नाइट डिनर गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दो छ । राति ढिला खाना खान आनन्द महसुस हुने भए पनि यो स्वास्थ्यका लागि निकै खतरनाक छ । हालै एउटा अध्ययनमा यसबारे खुलासा भएको हो । अध्ययनका अनुसार राति ९ बजेभन्दा पछाडि खाना खाँदा स्ट्रोक र मिनी स्ट्रोकजस्ता घातक समस्याको खतरा कयौं गुणा बढ्छ ।

    images

    फ्रान्सको राजधानी पेरिसस्थित सोरबोन विश्वविद्यालयमा भएको रिसर्चबाट यो तथ्य बाहिर आएको हो । यो अनुसन्धानमा अनुसन्धानकर्ताहरुले १ लाखभन्दा धेरै मानिसहरूबारे अध्ययन गरेका थिए । अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसनमा प्रकाशित भइसकेको छ ।

    अध्ययनमा सहभागीहरूको खानपिनको समय निगरानी गरिएको थियो अनि उनीहरूको मुटुसम्बन्धी रोगको खतरालाई पनि हेरिएको थियो । यो अध्ययन ७ वर्षसम्म चलेको थियो । अहिले मात्रै अध्ययनको नतिजा सार्वजनिक गरिएको हो । यसबाट डिनर गर्ने सही र सबैभन्दा खराब समय पत्ता लागेको छ ।  

    यस्ता मान्छेलाई स्ट्रोकको खतरा धेरै
    जो व्यक्ति राति ८ बजेभन्दा अगाडि नै खाना खाइसक्छन् उनीहरूको तुलनामा राति ९ बजेपछि  डिनर गर्नेलाई हर्ट अट्याक र स्ट्रोकको खतरा २८ प्रतिशतसम्म धेरै हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । यति मात्रै होइन, राति ८ बजेपछि डिनर गर्ने व्यक्तिलाई हरेक घण्टाको हिसाबले स्ट्रोट र आइसेमिक अट्याकको खतरा बढ्दै जान्छ । राति अबेर डिनर गर्दा मस्तिष्कमा रगतको आपूर्तिमा बाधा उत्पन्न हुने अनि यसले गर्दा कार्डियोभस्कुलर रोगको खतरा बढ्ने पाइएको छ ।

    अबेर रात डिनर गर्दाको अन्य हानिहरू
    राति ढिला डिनर गर्दा स्वास्थ्यमा नराम्रो असर पर्छ । मायोक्लिनिकका अनुसार ढिला खाना पच्दा हाम्रो शरीरको रक्तचाप र रगतमा चिनीको मात्रा दुवै बढ्छ । साँझको समयमा रक्तचाप उच्च हुँदा रक्तनलीहरुलाई क्षति पुग्छ र हर्ट अट्याक वा हर्ट स्ट्रोकको खतरा बढ्छ । अबेर राता खाना खाँदा पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रभाव पर्ने पनि अध्ययनमा पाइएको छ । स्वास्थ्य विज्ञका अनुसार राति अबेर खाना खाँदा पाचन प्रणालीमा गडबडी हुन सक्छ अनि मोटोपना बढ्ने खतरा पनि बढ्छ । त्यसैले राति ८ बजेभन्दा पहिला नै खाना खाइसक्नु पर्छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ