आइतबार, जेठ ६ गते २०८१

खुलामञ्चमा ‘महाजात्रा’

खुलामञ्चमा ‘महाजात्रा’

अखबार दैनिक
बुधबार, पुस ४ २०८०
  • खुलामञ्चमा ‘महाजात्रा’

    काठमाडौँ । निर्देशन प्रदीप भट्टराई यति बेला फिल्म ‘महाजात्रा’को छायाङ्कनमा छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को सिक्वेलको रूपमा उनले ‘महाजात्रा’ तयार गरिरहेका हुन् । 

    images

    करिब दुई महिनादेखि नियमित फ्लोरमा रहेको फिल्म छायाङ्कनको अन्तिम चरणमा छ । फिल्मको केही दिनयता काठमाडौँको खुलामञ्च छायाङ्कन चलिरहेको छ । यो स्थानमा फिल्मको ‘हाम्रो जोडी त’ बोलको गीत छायाङ्कन भएको छ भने अब क्लाइमेक्स खिचिनेछ ।

    मंगलबार भने ‘हाम्रो जोडी त’ बोलको गीत छायाङ्कन भएको थियो । जसमा अरुण क्षेत्री र आश्मा विश्वकर्माले नृत्य गरेका थिए । आश्मा र अरुण फिल्मको यो गीतमा मात्र देखिन लागेका हुन् ।

    कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा आश्मा र अरुण अगाडि हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ पनि नाचेका थिए । 

    फिल्म निर्देशक प्रदीप भट्टराईले आफूले सोचेभन्दा उत्कृष्ट तवरबाट फिल्मको छायाङ्कन सकिन लागेको बताए । उनले फिल्मका अघिल्ला सिक्वेलले भन्दा यसले दर्शकमा झन् मनोरञ्जन दिने सुनाए ।

    हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनिया लगायतको अभिनय रहेको फिल्म अगामी चैत्र ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार