आइतबार, जेठ ६ गते २०८१

हमासको सबैभन्दा ठूलो सुरुङ फेला परेको इजरायलको दाबी

हमासको सबैभन्दा ठूलो सुरुङ फेला परेको इजरायलको दाबी

अखबार दैनिक
सोमबार, पुस २ २०८०
  • हमासको सबैभन्दा ठूलो सुरुङ फेला परेको इजरायलको दाबी

    एजेन्सी \ गाजा । इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको जनाएको छ । इजरायली सेना (आईडीएफले) ले यो सुरुङ चार किलोमिटर (२.५ माइल) फैलिएको दाबी गरेको छ।

    images

    आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश इरेज क्रसिङबाट मात्र ४०० मिटर (१,३१० फिट) पर छ। इरेज क्रसिङ मार्फत गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन् । गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।’

    यसअघि शुक्रबार इजरायली सेनाले गाजामा जारी अपरेशनका क्रममा आफ्ना तीनजना नागरिकलाई गल्तीले गोली हान्दा मृत्यु भएको थियो ।

    गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म १८ हजार भन्दा बढी मानिस मारिएको र हजारौँ घरबारविहीन भएको बताएको छ। इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ। इजरायलले हमासलाई नखाएसम्म आक्रमण जारी राख्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार