सोमबार, जेठ ७ गते २०८१

नेटफ्लिक्स सिरिज ‘नाइट एजेन्ट’लाई हेरियो ८१ करोड घण्टा

नेटफ्लिक्स सिरिज ‘नाइट एजेन्ट’लाई हेरियो ८१ करोड घण्टा

अखबार दैनिक
आइतबार, पुस १ २०८०
  • नेटफ्लिक्स सिरिज ‘नाइट एजेन्ट’लाई हेरियो ८१ करोड घण्टा

    काठमाडौं । नेटफ्लिक्सले पछिल्लो सप्ताहन्त आफ्नो प्लाटफर्ममा यस वर्ष सर्वाधिक हेरिएका १० सिरिज र फिल्मको सूची सार्वजनिक गरेको छ । यो सूचीमा ‘द नाइट एजेन्ट सिजन-१’ लाई सबैभन्दा धेरै ८१ करोड २० लाख घण्टा (८१२ मिलियन घण्टा) सम्म हेरिएको छ ।

    images

    दोस्रो स्थानमा रहेको जिनी र जर्जिया सिजन २ लाई ६६५ मिलियन घण्टा, द ग्लोरी सिजन १ लाई ६२२ मिलियन घण्टा समयसम्म हेरिएको छ । त्यसपछि सूचीमा वेनज्डे सिजन वन, क्वीन चालोट : अ ब्रिजरटन स्टोरी, यु सिजन फोर, ला रेना डेल सुर सिजन ३, आउटर ब्यांक्स सिजन ३, जिनी र जर्जिया सिजन १, फुवार सिजन १ लाई सर्वाधिक समय हेरिएको छ ।

    यसले टिभी उद्योगलाई दर्शकसँग उत्कृष्ट प्रदर्शन गर्ने कार्यक्रमको झलक दिन्छ । यसअघि नेटफ्लिक्सलाई यी विवरण गोप्य राखिएको भन्दै धेरै आलोचना भएको थियो । शो उत्पादन गर्ने निर्मातालाई समेत यसबारे जानकारी दिइएको थिएन ।

    ‘हामी विश्वास गर्छौं कि यस प्रतिवेदनले सिर्जनाकर्ता र हाम्रो उद्योगबारे दर्शकलाई गहिरो अन्तर्दृष्टि दिनेछ,’ नेटफ्लिक्सले बुधबार डेटा सार्वजनिक गर्दै भनेको छ । तर प्रतिवेदनले केही मुख्य अनुत्तरित प्रश्न छोडेको छ ।

    यस साता सार्वजनिक गरिएका तथ्यांकहरु जनवरीदेखि जुन २०२३ सम्म मात्र समावेश छन् । टिभी सिरिजको कुरा गर्दा तपाईंलाई फिल्मको र्‍यांकिङ किन कमजोर भन्ने प्रश्न उठ्न सक्छ । एउटा फिल्म भन्दा धेरै एपिसोड भएको शोले स्पष्ट रुपमा फाइदा उठाउँछ ।

    नतिजाको रूपमा सूचीमा सबैभन्दा उच्च श्रेणीको फिल्म, जेनिफर लोपेज अभिनित ‘द मदर’ लगभग २५० मिलियन घण्टाको साथ १४ औं स्थानमा छ । यो तथ्यांक फिल्मका लागि न्यायिक अवश्य किनभने २ घण्टा लामो फिल्मले मैदानमा आठ घण्टा लामो द नाइट एजेण्टका सिरिजसँग प्रतिस्पर्धा गर्न सक्दैन ।

    उदाहरणका लागि यस वर्षको पहिलो आधामा दोस्रो पटक हेर्ने उच्च श्रेणीको फिल्ममा इड्रिस एल्बा अभिनित ‘लुथर : द फलेन सन’ थियो जसलाई २०९ घण्टाभन्दा बढी हेरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार