शनिबार, जेठ ५ गते २०८१

इङ्लिस प्रिमियर लिग खेलाउने पहिलो महिला रेफ्री बन्दैछिन् रेबिका वेल्च

इङ्लिस प्रिमियर लिग खेलाउने पहिलो महिला रेफ्री बन्दैछिन् रेबिका वेल्च

अखबार दैनिक
शुक्रबार, मंसिर २९ २०८०
  • इङ्लिस प्रिमियर लिग खेलाउने पहिलो महिला रेफ्री बन्दैछिन् रेबिका वेल्च

    एजेन्सी - रेबिका वेल्च इङ्लिस प्रिमियर लिग फुटबलमा पुरुषहरुको खेल खेलाउने इतिहासकै पहिलो महिला रेफ्री बन्ने भएकी छन् । ४० वर्षीय रेबिकाले इङ्लिस प्रिमियर लिगअन्तर्गत डिसेम्बर २३ तारिखमा हुने फुलहाम र बर्नलीबिचको खेल खेलाउने भएकी छन् ।

    images

    इङ्ल्यान्डकी रेबिका सन् २०१० देखि रेफ्रीको भूमिकामा सक्रिय छिन् । यसअघि उनले गत जनवरीमा पुरुषहरुको च्याम्पियनसिप खेल पनि खेलाएकी थिइन् । ‘प्रिमियर लिगको इतिहासमा यो विशेष क्षण हुनेछ । रेबिकाले पनि यो क्षण कहिल्यै भुल्ने छैनन्,’ रेफ्री समितिका प्रमुख होवार्ड वेबले भनेका छन् ।

    गत जुलाईमा इङ्ल्यान्डको फुटबल संघ (एफए) ले सन् २०२६ सम्ममा लैंगिक र जातीय रुपमा पछाडि परेका वर्गबाट प्रतिनिधित्व गर्ने रेफ्रीको संख्या ५० प्रतिशत पु¥याउने निर्णय लिएको थियो । फुटबल संघले तीन वर्षभित्रमा महिला रेफ्रीको संख्या एक हजार पु¥याउने लक्ष्य लिएको छ ।

    यसैगरी फुटबल संघले आगामी तीन वर्षभित्र अश्वेत र एसियाली क्षेत्रको प्रतिनिधित्व गर्ने रेफ्रीको संख्या पनि एक हजार पु¥याउने लक्ष्य लिएको छ । इङ्ल्यान्डको फुटबल संघमाथि लैंगीक र जातीय सन्तुलन कायम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

    यसका अतिरिक्त इङ्ल्यान्डको फुटबलमा लैंगिक र जातीय दूब्र्यवहारका घटना पनि अत्यधिक रहेको आरोप लाग्ने गरेको छ । हाल इङ्ल्यान्डको फुटबलमा अश्वेत र एसियाली पदाधिकारीको सँख्या आठ प्रतिशतमात्र रहेको तथ्याङ्कले देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार