आइतबार, जेठ ६ गते २०८१

कपाल काट्ने सैलुनमा तक्लुहरुको भिड लागेपछि...

कपाल काट्ने सैलुनमा तक्लुहरुको भिड लागेपछि...

अखबार दैनिक
बुधबार, मंसिर २७ २०८०
  • कपाल काट्ने सैलुनमा तक्लुहरुको भिड लागेपछि...

    रोम । इटलीका प्रहरीहरूले हालै मात्रै एक जना नाईलाई समाते । सैलुनमा कपाल काट्न, कपालमा रङ्ग लगाउन वा दाह्री बनाउन पो जान्छन् । तर यो सैलुनमा तालुमा कपाल नभएका अनि अनुहारमा दाह्री नै नभएका मानिसहरूको साह्रै नै भिड लाग्थ्यो ।

    images

    सैलुनमा शङ्कास्पद गतिविधिको आशङ्का गरेर प्रहरीले निगरानी राख्न सुरु गर्‍यो । सुरुमा त प्रहरीलाई के चलिरहेको छ पत्तै भएन । कपाल, दाह्री नभएका यति धेरै मानिस सैलुनमा किन आउजाउ गरिरहेका छन् । भेउ पाउनै सकेन । तर केही समय सैलुनमा हुने गतिविधिमाथि निगरानी राखेपछि थाहा भयो कि ती सबै तालु खुँइलेहरु त्यहाँ लागू औषध लिन त्यहाँ जाने गरेका रहेछन् ।

    ५५ वर्षका ती नाई ड्रग डिलर रहेछन् । प्रहरीले नाईको घरमा छापा मार्‍यो । यस क्रममा कयौँ ग्राम चरेस भेटियो । सैलुनमा पनि कोक्किन र ड्रग प्याक गर्ने सामान आदि पनि भेटिएको थियो । ती नाई अहिले मारासी जेलमा सजाय कुरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार