बुधबार, वैशाख २६ गते २०८१

दैनिक साँझ ७ बजेपछि गर्नुहोस् यी ५ काम, बदलिनेछ तपाईंको जीवन

दैनिक साँझ ७ बजेपछि गर्नुहोस् यी ५ काम, बदलिनेछ तपाईंको जीवन

अखबार दैनिक
बुधबार, मंसिर २७ २०८०
  • दैनिक साँझ ७ बजेपछि गर्नुहोस् यी ५ काम, बदलिनेछ तपाईंको जीवन

    एजेन्सी । साँझको समय तपाईंका लागि एकदमै जरुरी मानिएको छ । त्यसैले साँझमा आफ्नो लागि थोरै समय पनि ननिकाल्दा तपाईंलाई धेरै समस्याहरुको सामना गर्नुपर्ने पनि हुन सक्छ ।
    धेरै जसो मानिसहरु साँझको समयमा लामो समय काम गर्छन् वा सामाजिक सञ्जाल हेर्ने, टेलिभिजन हेर्ने गर्दछन् ।

    images

    यी सबैबाहेक साँझको समयमा तपाईं अन्य केही जरुरी चीजहरु पनि गर्न सक्नुहुन्छ । आज हामी त्यही साँझको ७ बजेपछि गर्नुपर्ने चीजहरुका बारेमा बताउनेछौं जसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ ।

    1. साँझको समयमा तपाईंको दिनभरको कामको बारेमा सोंच्नुपर्ने जरुरी हुन्छ । जस्तै तपाईंले के चिजमा सफलता प्राप्त गर्नुभयो, कस्ता चुनौतीहरु तपाईंको अगाडि आए वा तपाईंले के सिक्नुभयो । यसले तपाईंको मुड बुस्ट हुन्छ र तनाव कम हुन्छ ।
     
    2. त्यस्तै तपाईं साँझको ७ बजेपछि मोबाइल फोन, टीभी, ल्यापटप, सामाजिक मिडिया आदि चिजहरुबाट दुरी बनाउनुहोस् । यसको सट्टा तपाईं पकाउने, अध्ययन गर्ने, चित्र बनाउने आदि गर्न सक्नुहुन्छ । यसले तपाईंको दिमागले थोरै ब्रेक पाउनेछ र तपाईं आराम महसुस गर्नुहुनेछ ।

    3. तपाईं साँझको ७ बजेपछि दिमाग र शरीरलाई आराम दिने खालको केही कसरत तथा योगाहरु गर्नुहोस् । जसले गर्दा तपाईं तनाव तथा एंग्जाइटीबाट बच्नुहुनेछ ।
     
    4. व्यक्तिगत तथा व्यवसायिक प्रगतिका लागि केही न केही जरुर पढ्नुहोस् । किताब पढ्नाले तपाईंको स्मरणशक्ति तेज हुन्छ र तनाव कम हुन्छ ।

    5. तपाईं साँझको ७ बजेपछि भोलिको दिनका लागि योजना बनाउन सक्नुहुन्छ । यसले तपाईंको भोलिपल्टको समय तथा ऊर्जा खपत हुनेछ । भोलि गर्ने कामको लिस्ट आज नै तयार गर्नुभयो भने तपाईंलाई बिहानदेखि नै काम गर्न सजिलो पनि हुनेछ । जसले गर्दा हतार र तनावको स्थिति सिर्जना हुँदैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार