शुक्रबार, मंसिर १४ गते २०८१

टर्की प्रहरीद्वारा सङ्गठित अपराधका २५७ संदिग्धलाई पक्राउ

टर्की प्रहरीद्वारा सङ्गठित अपराधका २५७ संदिग्धलाई पक्राउ

अखबार दैनिक
बुधबार, मंसिर २७ २०८०
  • टर्की प्रहरीद्वारा सङ्गठित अपराधका २५७ संदिग्धलाई पक्राउ

    एजेन्सी \ टर्की । टर्की पुलिसले ३७ प्रान्तहरूमा सङ्गठित अपराध नेटवर्कहरू विरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह विरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ ।

    images

    टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले गिरोह विरोधी अभियानमा २५७ संदिग्धलाई पक्राउ गरेको बताउनुभएको हो । अप्रेसन केज–१८ को अवधिमा ९ राष्ट्रिय, स्थानीय अपराध समूह र ती संस्थालाई हतियार र अन्य स्रोतसाधन उपलब्ध गराएर सहयोग गर्ने ३० आपराधिक गुटसहित जम्मा ३९ सङ्गठित अपराध संरचना ध्वस्त पारिएको बताइएको छ । 

    यी सङ्गठित अपराध सङ्गठनहरूले वित्त र हतियार प्राप्त गर्न कार्यस्थलमा गोली हान्ने, व्यवसायीलाई लुट्ने, हतियारको व्यापार र लागुऔषध ओसारपसारमा संलग्न भएको र अपराधको आम्दानी बाँडफाँड गर्ने विषयमा असहमतिमा सशस्त्र लडाइँ गरेको आरोप लगाइएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार