शनिबार, जेठ ५ गते २०८१

चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

अखबार दैनिक
बुधबार, मंसिर २७ २०८०
  • चाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    नगरकोट: चाँगुनारायणमा राष्ट्रपतिचाँगुनारायण नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । नगरपालिकास्तरमा रहेका खेलाडीहरुको दक्षता अभिवृद्धि गर्न तथा खेलप्रति आर्कषण बढाउन नगरपालिकाले यो वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिएको हो । 

    images

    सो स्पर्धामा नगर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता हुने कार्यक्रम आयोजकले जनाएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं. ७ को तपाडम्फोमा गर्ने गरी तयारी गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले जानकारी दिनुभयो ।

    सो प्रतियोगिताको उद्घाटन नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा कबड्डी, एथलेटिप्स, मार्सल आर्टस, एथलेटिक्स र भलिबललगायतका खेलहरुमा विद्यार्थीबीच प्रतिस्पर्धा गरिनेछ । 

    नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत आठौंस्तरका अधिकृत दिनेश अर्यालले कबड्डी चाँगुनारायण नगरपालिका वडा नंं.७ को नागथली, सबै प्रकारका एथलेटिक्स, चाँगुनारायण नगरपालिका वडा नं. १ को इन्जिनियरिङ कलेज, मार्सलको करारते र तेक्वान्डो, चानपा ७ को हेल्मेट डाँडा, उसु चानपा १ को फुलब्राइट स्कुलमा र भलिबल चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीको फैढोकामा हुने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार