आइतबार, मंसिर ९ गते २०८१

गोल्डेन ग्लोब मनोनयनमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को वर्चस्व

गोल्डेन ग्लोब मनोनयनमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को वर्चस्व

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • गोल्डेन ग्लोब मनोनयनमा ‘बार्बी’ र ‘ओपेनहाइमर’को वर्चस्व

    काठमाडौं । खेलौनामार्फत ‘नारीवादी परिघटना’ सिर्जना गर्न सफल ग्रेटा गेर्विग निर्देशित फिल्म ‘बार्बी’ले सन् २०२४ को गोल्डेन ग्लोब अवार्डको मनोनयनमा वर्चस्व कायम गरेको छ । १० विधामा मनोनित फिल्मले गोल्डेन ग्लोबको ८१ वर्षको इतिहासमा दोस्रो सर्वाधिक मनोनयन हुने फिल्मको कीर्तिमान रचेको छ ।

    images

    आणविक बम निर्माणबारेको क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ले ‘बार्बी’लाई पछ्याउँदै ८ विधामा मनोनित भएको छ । ‘ओपेनहाइमर र बार्बी एउटै सप्ताहन्तमा रिलिज भएका थिए । दुई ब्लकबस्टर फिल्म एउटै मितिमा प्रदर्शन भएको यो घटनालाई महत्वपूर्ण मानिएको छ ।

    एचबीओको सिरिज ‘सक्सेन’ टिभी कार्यक्रमतर्फ सर्वाधिक ९ विधामा मनोनित भएको छ । ‘माएस्ट्रो’, ‘द क्राउन’, ‘द डिप्लोम्याट’जस्ता फिल्म सिरिज निर्माता नेटफिल्क्स २८ विधासहित सर्वाधिक मनोनयन हासिल गर्ने मिडिया कम्पनी बनेको छ । यहाँ महत्वपूर्ण विधाका मनोनयन उल्लेख छ :

    उत्कृष्ट मोसन पिक्चर ड्रामा
    ओपेनहाइमर (युनिभर्सल पिक्चर्स)
    किलर्स अफ द फ्लावर मुन (एप्पल ओर्जिनल फिल्म्स र प्यारामाउण्ट पिक्चर्स)
    माएस्ट्रो (नेटफिल्क्स)
    पास्ट लाइभ्स (ए २४)
    एनाटोमी अफ अ फल (नियोन)

    उत्कृष्ट फिल्म म्युजिकल वा कमेडी
    बार्बी (वार्नर ब्रोज)
    पुअर थिंग्स (सर्चलाइट पिक्चर्स)
    अमेरिकन फिक्सन (एमजीएम)
    द होल्डओभर्स (फोकस फिचर्स)
    मे डिसेम्बर (नेटफिल्क्स)
    एयर (अमेजन एमजीएम स्टुडियोज)

    उत्कृष्ट निर्देशक, मोसन पिक्चर
    ब्राड्ली कुपर- माएस्ट्रो
    ग्रेटा गेर्विग- बार्बी
    योर्गेस ल्यान्थिमोस- पुअर थिंग्स
    क्रिस्टोफर नोलन- ओपेनहाइमर
    मार्टिन स्कोरसेस- किलर्स अफ द फ्लावर मुन
    सेलिन सङ- पास्ट लाइभ्स

    उत्कृष्ट पटकथा, मोसन पिक्चर
    बार्बी, पुअर थिंग्स, ओपेनहाइमर, किलर्स अफ द फ्लावर मुन, पास्ट लाइभ्स, एनामोटी अफ अ फल

    उत्कृष्ट अभिनेता, मोसन पिक्चर ड्रामा
    ब्राड्ली कुपर- माएस्ट्रो
    सिलियन मर्फी- ओपेनहाइमर
    लियोनार्दो डिक्याप्रियो- किलर्स अफ द फ्लावर मुन
    कोलम्यान डोमिन्गो- रस्टिन
    एन्ड्रयु स्कट- अल अफ अस स्ट्रेन्जर्स
    ब्यारी केओघन- साल्टबर्न

    उत्कृष्ट अभिनेत्री, मोसन पिक्चर ड्रामा
    लिली ग्लाडस्टोन- किलर्स अफ द फ्लावर मुन
    केरी मुलिगन- माएस्ट्रो
    सान्ड्रा हलर- एनाटोमी अफ अ फल
    एनेट बेनिङ- न्याद
    ग्रेटा ली- पास्ट लाइभ्स
    क्याली स्पेनी- प्रिसिला

    उत्कृष्ट फिल्म, गैरअंग्रेजी भाषा
    एनाटोमी अफ अ फल- फ्रान्स
    फलन लिभ्स- फिनल्याण्ड
    लो क्यापिटानो- इटाली
    पास्ट लाइभ्स- अमेरिका
    सोसाइटी अफ द स्नो- स्पेन
    द जोन अफ इन्ट्रेस्ट- बेलायत

    गोल्डेन ग्लोब अवार्ड वितरण समारोह जनवरी ७, २०२४ मा हुनेछ । गोल्डेन ग्लोबको यो मनोनयन सूचीले आगामी ओस्कारको लागि पनि संकेत गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार