आइतबार, मंसिर ९ गते २०८१

स्टार किड्ज डेब्यु फिल्म ‘द आर्चिज’को रेटिङमा हेरफेर कसरी ?

स्टार किड्ज डेब्यु फिल्म ‘द आर्चिज’को रेटिङमा हेरफेर कसरी ?

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • स्टार किड्ज डेब्यु फिल्म ‘द आर्चिज’को रेटिङमा हेरफेर कसरी ?

    एजेन्सी \ नयाँ दिल्ली । जोया अख्तरको निर्देशनमा बनेको फिल्म द आर्चिज हालैका दिनमा निकै चर्चामा छ । फिल्मबाट कयौं स्टार किड्जले आफ्नो बलिउड डेब्यू गरेका छन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अमिताभ बच्चनको नाती अगस्त्य नन्दा, बोनी कपुरकी छोरी खुसी कपूरको साथमा वेदांग रैना, अदिति डाट, मिहिर अहुजा पनि छन् । कमिक क्यारेक्टर आर्चिजमा आधारित फिल्मले समालोचकहरुबाट फिल्मले ठिकठाकको प्रतिक्रिया पाएको थियो ।

    images

    यतिबेला फिल्म साइट आईएमडीबीमा फिल्मको रेटिङमा हेरफेर भएको कुरा अगाडि आइरहेको छ । फिल्म पहिला खराब फिल्मको श्रेणीमा थियो । तर अहिले फिल्मको रेटिङ फेरिएर शाहरुख खानको पठानभन्दा पनि अगाडि पुगेको छ । सामाजिक सञ्जालमा आईएमडीबीको कट आउट व्यापक शेयर भइरहेको छ । यस्तो कसरी भयो भनेर सामाजिक सञ्जालमा हल्लीखल्ली भइरहेको छ ।

    फिल्मले दर्शकहरुबाट खासै राम्रो प्रतिक्रिया पाएन । सामाजिक सञ्जालमा फिल्मबारे कयौं मिम्स भाइरल भएका थिए । यसलाई जोया अख्तरको अहिलेसम्मकै सबैभन्दा कमजोर फिल्म बताइएको छ । गली ब्वाय र जिन्दगी ना मिलेगी दोबारा जस्ता उत्कृष्ट फिल्म बनाएकी जोयाले द आर्चिज जस्तो खराब फिल्म बनाउने आशा नगरिएको फिल्म हेर्ने केही दर्शकले बताएका थिए ।

    शुरुमा आईएमडीबीमा आर्चिजलाई १० मा २ दशमलव ९ रेटिङ दिइएको थियो । तर अहिले फिल्मको रेटिङ फेरिएर ६ दशमलव २ पुगेको छ । रेटिङमा गरिएको हेरफेरको आकडा अचम्म पार्ने खालको छ । बक्स अफिसको तथ्यांकमा हेरफेर भएको खबरहरु बेलाबेलामा आइरहेका छन् । आर्चिज कान्डले आईएमडीबीमा पनि चलखेल हुन लागेको हो भन्ने प्रश्न उठाएको छ । साइटमा सबैभन्दा खराब फिल्मको रूपमा रहेको आर्चिज अचानक राम्रो फिल्मको श्रेणीमा कसरी आयो ?

    फिल्मको रेटिङमा यसरी हेरफेर गरिएको छ कि अहिले द आर्चिजको रेटिङ शाहरुख खानको पठानभन्दा पनि राम्रो छ । आईएमडीबीमा पठानले ५ दशमलव ९ रेटिङ पाएको छ । नेटफ्लिक्समा स्ट्रिम भएको केही घन्टामै फिल्म सन् २०२३ को सबैभन्दा कम रेटिङवाला फिल्म बनेको थियो । त्यतिबेला यसले १.१ के भोटसहित २ दशमलव ९ रेटिङ पाएको थियो । तर डिसेम्बर ८ देखि ९ को बीचमा फिल्मले २८ हजार भोट पायो अनि रेटिङ पनि ६ दशमलव ८ पुग्यो । अचानक फिल्मको रेटिङमा यति धेरै परिवर्तन कसरी आयो ? यसमा कसले चलखेल गरिरहेको छ ? अचानक दर्शकहरुलाई फिल्म मन पर्न थालेको हो त ?

    प्रतिक्रिया दिनुहोस

    थप समाचार