मंगलबार, चैत २६ गते २०८१

‘दुई कदम’ हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने

‘दुई कदम’ हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • ‘दुई कदम’ हेर्न १६ वर्ष मुनिकालाई अभिभावक चाहिने

    काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दुई कदम’ प्रदर्शनका लागि खुला भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार ‘दुई कदम’लाई ‘पीजी’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुला गरेको हो । ‘पीजी’ सर्टिफिकेट पाएसँगै फिल्म अव १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ हेर्नु पर्नेछ ।

    images

    उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

    फिल्मको एक गीतमा विल्सन विक्रम राई, अभिनेत्री वर्षा सिवाकोटी र गीता ढुङ्गाना पनि देखिएका छन् । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ ।

    फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत र राजु किरातीको द्वन्द्व निर्देशन छ ।

    फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ