बिहीबार , मंसिर ६ गते २०८१

भिक्टोर ओसिमहेन बने अफ्रिकन फुटबलर अफ दि इअर

भिक्टोर ओसिमहेन बने अफ्रिकन फुटबलर अफ दि इअर

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • भिक्टोर ओसिमहेन बने अफ्रिकन फुटबलर अफ दि इअर

    २६ मंसिर, काठमाडौं । नाइजेरियाका भिक्टोर ओसिमहेनले अफ्रिकन फुटबलर अफ दि इअर २०२३ को अवार्ड जितेका छन् ।

    images

    नापोलीबाट खेल्ने ओसिमहेनले इजिप्टका मोहमद सालाह र मोरक्कोका अच्रफ हाकिमीलाई पार्दै अवार्ड जितेका हुन् । मोरक्कोको माराकेशमा भएको कन्फेडेरेसन अफ अफ्रिकन फुटबल अवार्ड समारोहमा उनलाई अवार्ड प्रदान गरियो ।

    ओसिमहेन सन् १९९९ मा एनान्नक्वो कानुपछि अफ्रिकन प्लेअर अवार्ड जित्ने पहिलो नाइजेरियन खेलाडी समेत बने । २४ वर्षीय ओसिमहेनले गत सिजन नापोलीलाई ३३ वर्षपछि सिरी ए उपाधि दिलाउने क्रममा ३२ खेलमा २६ गोल गरेका थिए ।

    यस्तै महिलातर्फ नाइजेरियाकै असिसात ओशोएलाले अवार्ड जितिन् । कन्फ्रेडेरेसन अफ अफ्रिकन फुटबलको प्राविधिक समिति र अफ्रिकन मडिया अनी मुख्य प्रशिक्षक र कप्तानले गरेको भोटका आधारमा विजेता चयन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ