आइतबार, जेठ ६ गते २०८१

फ्रान्समा उडुस आतंक, उपचारका नाममा ठगहरुको बिगबिगी

फ्रान्समा उडुस आतंक, उपचारका नाममा ठगहरुको बिगबिगी

अखबार दैनिक
शुक्रबार, मंसिर २२ २०८०
  • फ्रान्समा उडुस आतंक, उपचारका नाममा ठगहरुको बिगबिगी

    काठमाडौं । फ्रान्समा उडुसको प्रकोप बढेसँगै उपचारका नाममा ठगिनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

    images

    उडुस नियन्त्रण गरिदिने बहानामा सबैभन्दा बढी बृद्धबृद्धा ठगिएका छन् । उडुसको उपचार गरिदिने भन्दै नक्कली स्वास्थ्यकर्मी बनेर हजारौं यूरो ठगी गरेको आरोपमा प्रहरीले हालै दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरुले एउटा घरबाट तीन सयदेखि १८ सय यूरो सम्म लिएको प्रहरीले जनाएको छ । उडुस मार्ने औषधी र सेवा प्रदान गर्ने बहानामा उनीहरुले ठग्ने गरेको प्रहरीले जनाएको छ । ठगहरुले विशेष गरी ज्येष्ठ नागरिकलाई लक्षित गरेको प्रहरी रिपोर्टले देखाएको छ ।

    प्रहरीका अनुसार ठगी गर्न खप्पिस उनीहरुले अहिलेसम्म झण्डै ५० जनालाई उडुस नियन्त्रण गर्ने बहानामा मुर्ख बनाएका छन् । ठगिनेमा अधिकांश ९० वर्षमाथिका महिला छन् । स्ट्रासबर्ग प्रहरीका अनुसार विभिन्न स्प्रेसहित घर पुगेका उनीहरुले उडुसको डर देखाउने र समान्य औषधीलाई महँगोमा बेचेर अस्वभाविक रकम असुलेका हुन् । पछिल्लो समय फ्रान्समा उडुसको प्रकोप महामारी जस्तै फैलिएको छ ।

    उडुस नियन्त्रणका लागि फ्रान्स सरकारलाई अहिले टाउको दुखाईको विषय बनेको छ । प्रकोप नियन्त्रणका लागि भइरहेका प्रयास प्रभावकारी हुन सकिरहेको छैन । यसैबीच सरकारले उडुस नियन्त्रणका लागि भन्दै घरमा आउनेहरुबाट सेवा नलिन आग्रह गरेको छ । स्वास्थ्यकर्मी बनेर फोन गर्दै घरमा आउनेहरुबाट सचेत रहन पनि भनिएको छ ।

    फ्रान्सकोे उडुस आतंक लण्डनमा समेत फैलिनेमा त्रास बढेको छ । लन्डनका मेयर सादिक खानले राजधानीका सार्वजनिक यातायातमा निगरानी बढाइएको बताएका छन् । उडुस नफैलियोस भन्नेमा लण्डन प्रशासन चनाखो रहेको मेयर खानको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार