शनिबार, जेठ ५ गते २०८१

प्रिती र दीपाले किकस्टार्टबाट आई लिग खेल्ने

प्रिती र दीपाले किकस्टार्टबाट आई लिग खेल्ने

अखबार दैनिक
बुधबार, मंसिर २० २०८०
  • प्रिती र दीपाले किकस्टार्टबाट आई लिग खेल्ने

    २० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र फरवार्ड दिपा शाहीले पहिलो पटक भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन् ।

    images

    यी दुई युवा खेलाडीले किक स्टार्टबाट यो संस्करणको भारतीय महिला लिग (आईलिग) खेल्ने भएका हुन् । प्रतियोगिता डिसेम्बर ८ बाट सुरु हुनेछ । प्रतियोगिताका लागि प्रिती र दिपा बिहीबार भारत प्रस्थान गर्नेछन् ।

    किकस्टार्टले डिसेम्बर ९ मा होप एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यससँगै यस संस्करणको आई लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या चार पुगेको छ । यसअघि गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध भएका थिए ।

    अघिल्लो संस्करणमा किकस्टार्टबाटै नेपाली खेलाडी सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए । दिपाले भने उमेर नपुगेका कारण खेल्न पाएकी थिइनन् ।

    यसअघिको सिजनमा अनुबन्ध भए पनि चोटका कारण खेल्न नपाएकी गीता भने भारत प्रस्थान गरिसकेकी छिन् । नेपालमा भने प्रितीले एपीएफ र दिपाले आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार