आइतबार, जेठ ६ गते २०८१

आमिर खान पनि फसे चेन्नईको बाढीमा

आमिर खान पनि फसे चेन्नईको बाढीमा

अखबार दैनिक
बुधबार, मंसिर २० २०८०
  • आमिर खान पनि फसे चेन्नईको बाढीमा

    काठमाडौं । केही दिनदेखि आएको आँधी र मुसलधारे वर्षाले भारतको दक्षिणी सहर चेन्नई जलमग्न भएको छ । जताततै सडक जलमग्न सडकमा सर्वसाधारणदेखि सेलिब्रिटीसम्म फसेका छन् ।

    images

    यो प्राकृतिक प्रकोपको चपेटामा बलिउड अभिनेता आमिर खान र तमिल अभिनेता विष्णु विशालसमेत फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अभिनेता विशालले आफूहरुलाई तमिलमाडुको सुरक्षा विभागले डुंगाको सहायताले उद्धार गरेको सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै जानकारी दिएका छन् । उनले पोस्ट गरेको तस्वीरमा सर्वसाधारणसँगै आमिर पनि देखिन्छन् । आमिर बिदा चेन्नई पुगेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार