बुधबार, वैशाख २६ गते २०८१

जाडोमा खराब कोलेस्ट्रोल बढाउने खाना

जाडोमा खराब कोलेस्ट्रोल बढाउने खाना

अखबार दैनिक
बुधबार, मंसिर २० २०८०
  • जाडोमा खराब कोलेस्ट्रोल बढाउने खाना

    एजेन्सी । जाडोको मौसम खानपानका लागि विशेष मानिन्छ । भनिन्छ यो मौसममा खाना धेरै स्वादिष्ट तथा मिठो हुन्छ । त्यसैले हामीले कैयौंपटक आवश्यक भन्दा धेरै पनि खाइरहेका हुन्छौं । यो मौसममा हामीले के खाइरहेका छौं, त्यसको विशेष ध्यान दिनु पर्दछ ।

    images

    जाडोमा जे पनि खाइहाल्ने गर्दा शरीरमा खराब कोलेस्ट्रोल बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी खबरअनुसार फास्टफुड तथा मैदाले बनेका चीजहरु खानबाट बच्नुपर्छ । त्यस्तै गुलियो चीजहरु अत्यधिक खाँदा पनि खराब कोलेस्ट्रोलको कारण बन्न सक्छ ।


    जाडोमा रातो मासुको अत्यधिक सेवनले पनि खराब कोलेस्ट्रोल बढ्न सक्छ । त्यस्तै तपाईंले आफ्नो खानपानमा निश्चित मात्रामा नुनको सेवन गर्नुपर्दछ । धेरै नुनले पनि शरीरमा सुख्खापन ल्याउन सक्छ । मुटुसम्बन्धी रोग भएका व्यक्तिले विशेषगरी खानपानमा बढी ध्यान दिनुपर्छ । अस्वस्थ खानपानले खराब कोलेस्ट्रोल छिटो बढ्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार