मंगलबार, चैत २६ गते २०८१

किन विरोध भइरहेको छ प्रकाश सपुतको म्युजिक भिडिओ क्लिप?

किन विरोध भइरहेको छ प्रकाश सपुतको म्युजिक भिडिओ क्लिप?

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • किन विरोध भइरहेको छ प्रकाश सपुतको म्युजिक भिडिओ क्लिप?

    केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा कलाकार प्रकाश सपुत र सुनिता बुढाले 'सुटिङ' गरेको भिडिओ क्लिप चर्चामा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडिओ क्लिपको आलोचना गरेका छन्।

    images

    उक्त भिडिओ क्लिपमा सपुत र बुढाले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको देखिन्छ। जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा कलाकारहरूले नाचेपछि आलोचना भएको हो। 

    कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा 'सुटिङ गरेर' नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ।

    यो भिडिओ क्लिप हालसालै खिचिएको भने होइन। यो करिब चार महिनाअघि 'कमाउने नि हो, रमाउने नि हो' भन्ने बोलको गीतको सुटिङ गरेको भिडिओ क्लिप हो। यो गीतको पूरा भिडिओ छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ