आइतबार, जेठ ६ गते २०८१

ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

    काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । 

    images

    उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । 

    तीनै जना विष्फोटको बीचमा पश्चिमी इन्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ । 

    समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । 

    अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार