बुधबार, वैशाख २६ गते २०८१

प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह गरेको छ । प्यान नम्बर बिनाको बिलको रकम शोधभर्ना गर्न समस्या हुने भएकाले बिलमा अनिवार्य प्यान नम्बर राखी बिलिङ गर्न बोर्डले अनुरोध गरेको हो । 

    images

    कतिपय सेवा प्रदायकबाट बीमितलाई दिएको बिलमा संस्थाको प्यान नम्बर उल्लेख गरेको नपाइएको हुनाले हिसाब मिलाउन समस्या भएको सूचना अधिकारी ओम कुमारी कँडेलले बताइन् । बीमितहरुलाई सेवा प्रदान गरे पश्चात् अनिवार्य बिल दिने व्यवस्था गर्नसमेत उनले सुझाइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार