आइतबार, जेठ ६ गते २०८१

मिचौङ चक्रवात : चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द

मिचौङ चक्रवात : चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • मिचौङ चक्रवात : चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द

    एजेन्सी\चेन्नई । मिचौङ चक्रवात मंगलबार आन्ध्र प्रदेशको नेल्लोर र मछलीपट्टनमको बिचबाट गुज्रनेछ। भारतको मौसम विभागको जानकारी अनुसार ‘चक्रवात मिचौङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । 

    images

    यो चक्रवात दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ र नेल्लोर र मछलीपट्टनमको बिचबाट मंगलबार बिहान गम्भीर चक्रवाती आँधीको रूपमा प्रवेश गर्ने छ ।

    आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

    स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले सावधानीका रूपमा चार जिल्ला चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदाको आदेश दिएको छ। राज्यका सबै ठुला टनेलहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।

    मौसम विभागले आफ्नो विज्ञप्तिमा तिरुवल्लुर, कांचीपुरम, चेन्नई र चेंगलपट्टु जिल्लाहरूमा ६०(७० किलोमिटर प्रतिघण्टादेखि ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको जनाएको छ ।

    चक्रवात मिचौङका कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक बाढी आएको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

    वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र त्यसलाई ध्यानमा राख्दै उडान आवागमन रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार