आइतबार, जेठ ६ गते २०८१

गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका

गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका

अखबार दैनिक
मंगलबार, मंसिर १९ २०८०
  • गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका

    एजेन्सी\गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो ।

    images

    मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ । हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

    उता इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा प्रवेश गरी आक्रमण गरेका थिए जसमा १२ सय जनाको मृत्यु भएको थियो ।

    त्यसबेला हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार