आइतबार, जेठ ६ गते २०८१

भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु

अखबार दैनिक
सोमबार, मंसिर १८ २०८०
  • भारतीय वायुसेनाको विमान दुर्घटना : २ जना पाइलटको मृत्यु

    एजेन्सी - भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ ।  दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

    images

    अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८ः ५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

    एसपी रोहिणीले दिएको जानकारी ‘यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमान भित्र दुई जना सवार थिए तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन्। दमकलले आगो निभाइरहेको छ।’  दुर्घटनाबारे अनुसन्धान जारी छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार