आइतबार, मंसिर ९ गते २०८१

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोमा माफी माग्दै गायक सुशान्त केसीले हटाए गीत

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोमा माफी माग्दै गायक सुशान्त केसीले हटाए गीत

अखबार दैनिक
सोमबार, मंसिर १८ २०८०
  • अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोमा माफी माग्दै गायक सुशान्त केसीले हटाए गीत

    काठमाडौं । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् ।

    images

    उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । उक्त गीतमा अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाल प्रहरीको पोशाकमा देख्न सकिन्छ ।

    गीतको कथाअनुसार हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा देखिएकी उपासनालाई जिस्काएको देखिन्छ । सुशान्तले यो भिडियोप्रति माफी माग्दै प्रहरीको पोशाक प्रयोग गरिएका केही दृश्यको पुनः छायांकन गरिने बताएका छन् ।

    सुशान्त भन्छन्, ‘तपाईंहरु सबैलाई थाहा छ, हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यको लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौं टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’

    तर यो भिडियो हटाउन प्रहरी वा अन्य कुनै निकायले दबाब दियो कि दिएन भन्नेबारे उनले खुलाएका छैनन् ।

    भदौमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियको एक दृश्य पनि विवादित बनेको थियो । त्यसबेला प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कुनै पनि भिडियोमा नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपमा अनुमति लिन भनेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार