शनिबार, जेठ ५ गते २०८१

गीता र एञ्जिला लिग खेल्न भारत प्रस्थान

गीता र एञ्जिला लिग खेल्न भारत प्रस्थान

अखबार दैनिक
आइतबार, मंसिर १७ २०८०
  • गीता र एञ्जिला लिग खेल्न भारत प्रस्थान

    १७ मंसिर, काठमाडौं । राष्ट्रिय फुटबल टिमका दुई खेलाडी भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।

    images

    राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना मगर आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै खेलाडीले सेथु एफसीबाट खेल्नेछन् ।

    एञ्जिलाले सम्झौता नवीकरण गरेकी हुन् । गीताको भने पहिलो संस्करण हो । यस अघिको सिजनमा ६ जना नेपाली खेलाडीले भारतीय महिला लिग खेलेका थिए ।

    सावित्रा भण्डारी भने यस पटक भारतीय लिगका लागि उपलब्ध हुने छैनन् । उनी इजरायली क्लबमा अनुबन्ध छिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार